कस्तो होला आजको मौसम?

हिमाल प्रेस १ कार्तिक २०८३ ६:१३ | Saturday, October 17, 2026
8
SHARES
कस्तो होला आजको मौसम?

काठमाडौँ- हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना छ’। हाल देशको हिमाली भूभाग तथा गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू(भागमा साधारणतया बदली भएको छ। बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बादलमय मौसम छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा पनि आंशिक बदली देखिएको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। यस्तै गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली हुनेछ भने बाँकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागमा आंशिक बादलमय मौसम रहनेछ।

मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागमा आंशिक बदली हुनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार ‘देशको हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा’ मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: १ कार्तिक २०८३ ६:१३ | Saturday, October 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast