बस अनियन्त्रित हुँदा दुर्घटना भयो, मृतकको सनाखत हुन सकेको छैन : सशस्त्र

हिमाल प्रेस १७ असोज २०८३ ८:१५ | Saturday, October 3, 2026
बस अनियन्त्रित हुँदा दुर्घटना भयो, मृतकको सनाखत हुन सकेको छैन : सशस्त्र

काठमाडौँ- पूर्व-पश्चिम राजमार्गमा नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको रात्रिबस अनियन्त्रित भएर दुर्घटना भएको पुष्टि भएको छ।

शनिबार बिहान ४:०० बजे पूर्वी नवलपरासी, बिनयी त्रिवेणी गाउँपालिका २ चौसठ्ठी मोडस्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना हुँदा ६ जनाको हतोहत भएको छ भने १३ जना गम्भीर घाइते भएका छन्। सशस्त्रका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाका अनुसार मृतकको सनाखत हुन सकेको छैन।

१३जना घाइते भई उपचारको लागी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षावेश सर्दी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरिरहेको छ ।

प्रकाशित: १७ असोज २०८३ ८:१५ | Saturday, October 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast