साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

हिमाल प्रेस २१ भदौ २०८३ ८:११ | Sunday, September 6, 2026
साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा- बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। गएराति लगातार परेको वर्षाका कारण मार्तडीस्थित बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायत स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

बडीमालिका नगरपालिका–८ को राप्का र वडा नं ६ को जडाङ्गालगायत स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए।

सडक अवरुद्ध भएको जानकारी प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको कमान्डमा ५ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ।

प्रहरी टोलीले बडीमालिका नगरपालिका र सडक विभागको जेसिबीको प्रयोग गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने पहल गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। लगातार वर्षा भइरहेकाले सडकका अन्य स्थानमा पनि पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ।

पहिरोका कारण सडक अवरुद्ध भएपछि साँफे–मार्तडी सडकखण्डमा आवतजावत प्रभावित भएको छ भने गन्तव्य स्थानतर्फ जाने सवारीसाधनहरु बाटोमा नै रोकिएका छन्।

प्रकाशित: २१ भदौ २०८३ ८:११ | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast