नारायणीले जलसतह पार गर्‍यो, उच्च सतर्कता अपनाउन आग्रह

हिमाल प्रेस १० असोज २०८३ ७:१९ | Saturday, September 26, 2026
10
SHARES
नारायणीले जलसतह पार गर्‍यो, उच्च सतर्कता अपनाउन आग्रह तस्बिर : सुदिप घिमिरे

काठमाडौँ- अत्याधिक वर्षाका कारण नारायणी नदीमा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ।

चितवनको देवघाटस्थित नारायणी नदीको जलमापन केन्द्रमा नदीको सतह लगातार बढ्दो क्रममा रहेको छ।जलसतह बढ्दै गएकाले नदीको तल्लो तटीय क्षेत्र तथा आसपासका डुबान भइरहने स्थानमा बसोबास गर्ने बासिन्दालाई महाशाखाले साँझसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार, नदीमा पानीको बहाव थप बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकले विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।

 

प्रकाशित: १० असोज २०८३ ७:१९ | Saturday, September 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast