गाँजा बरामद प्रकरण : शंकास्पद गतिविधिमा पक्राउ परे स्ववियु सभापति

हिमाल प्रेस २३ भदौ २०८३ ६:३६ | Tuesday, September 8, 2026
गाँजा बरामद प्रकरण : शंकास्पद गतिविधिमा पक्राउ परे स्ववियु सभापति प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- विराटनगरमा गाँजा बरामद भएको गाडीबाट अस्पतालको नाम हटाएको आरोपमा प्रहरीले महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति रोहित यादवलाई पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका १४ का २८ वर्षीय यादवलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ। पक्राउ परेका यादवलाई सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार को १ च ६६२० नम्बरको दिव्य ज्योति अस्पताल प्रालि लेखिएको मारुती भ्यानबाट ५० किलोग्राम २९० ग्राम गाँजा बरामद भएको थियो। गाडीलाई इलाका प्रहरी कार्यालय रानी विराटनगरको परिसरमा राखिएको थियो।

तर, बाहिरबाट अनधिकृत रूपमा प्रहरी परिसरभित्र प्रवेश गरी गाडीमा टाँसिएको दिव्य ज्योति अस्पताल प्रालिको स्टिकर हटाएको प्रहरीले जनाएको छ। अस्पतालको नाम लेखिएको स्टिकर हटाउने कार्यमा संलग्न रहेको आरोपमा यादवलाई पक्राउ गरिएको हो।

सशस्त्र प्रहरीले भ्यान नियन्त्रणमा लिँदा गाडीमा दिव्य ज्योति अस्पताल प्रालि लेखिएको स्टिकर देखिएको थियो। तर, पछि प्रहरी नियन्त्रणमा रहेको अवस्थामा सार्वजनिक तस्बिरमा उक्त स्टिकर नदेखिएपछि प्रमाण हटाइएको भन्दै प्रहरीमाथि नै प्रश्न उठेपछि इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रवीण घिमिरेसँग स्पष्टीकरण मागिएको थियो।

घटनामा गाँजा ओसारपसारमा प्रयोग भएको गाडीको वास्तविक सम्बन्ध, अस्पतालको नाम तथा लोगो गाडीमा कसरी प्रयोग भयो र प्रहरी नियन्त्रणमा पुगेपछि स्टिकर कसरी हटाइयो भन्ने विषयमा अनुसन्धान गर्ने क्रममा यादवको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालयको भनाइ छ।

प्रकाशित: २३ भदौ २०८३ ६:३६ | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast