भोजपुर- श्रम संस्कृति पार्टी कोशी प्रदेशले बाढीपीडित राहत संकलन समितिको कोषमा हालसम्म ६ लाख ४९ हजार ८ सय ६३ रुपैयाँ संकलन भएको छ।
पार्टीका प्रदेश अध्यक्ष प्रताप राईका अनुसार प्रदेश सदस्य तथा अन्य शुभेच्छुकहरूबाट उक्त रकम संकलन भएको हो। विपद्बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले पार्टीले राहत संकलन अभियान सञ्चालन गरेको जनाएको छ।
संकलित रकमबाट प्रभावित क्षेत्रमा राहत सामग्री खरिद गरी पार्टीका केन्द्रीय अध्यक्षको नेतृत्वमा वितरण गरिने अध्यक्ष राईले जानकारी दिए। राहत वास्तविक प्रभावितसम्म पुर्याउने गरी आवश्यकताका आधारमा वितरण गरिने जनाइएको छ।
प्रकाशित: १८ भदौ २०८३ ११:०२ | Thursday, September 3, 2026
प्रतिक्रिया


