काठमाडौँ- रसुवा बाढीबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि कालिमाटी तरकारी फलफूल थोक बजार संयुक्त व्यवासायीले साढे ८ लाख ५४ हजार ३ सय सहयोग रकम दिएका छन्। रसुवा बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले व्यवसायीले कृषिमन्त्री गिता चौधरीलाई रकम बुझाएका हुन्।
यसअघि पनि उनीहरूले प्रभावित परिवारका लागि ९० बोरा आलु, ३० झोला इस्कुस, १० झोला काँक्रो र ८० झोला फर्सी सहयोग उपलब्ध गराएका थिए।
प्रकाशित: २५ भदौ २०८३ ८:३२ | Thursday, September 10, 2026
प्रतिक्रिया


