ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ छनोट

हिमाल प्रेस २८ भदौ २०८३ १५:१६ | Sunday, September 13, 2026
ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौँ- सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार अवार्ड) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ प्रतिस्पर्धा गर्ने भएको छ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले विज्ञप्ति जारी गर्दै यो चलचित्रलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस गरिएको जानकारी दिएको हो।

समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माद्वारा जारी विज्ञप्तिअनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट दुईवटा नेपाली कथानक चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ प्राप्त भएका थिए।

प्राप्त यी दुईमध्ये एकेडेमीको मापदण्ड अनुरूप उत्कृष्ट चलचित्र छनोट गर्न समितिले विभिन्न पक्षको मूल्यांकन गरेको थियो।

चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखी गरिएको गहन अध्ययनपश्चात् ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’लाई उत्कृष्ट ठहर गर्दै छनोट गरिएको समितिले जनाएको छ।

यस छनोटसँगै अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २८ भदौ २०८३ १५:१६ | Sunday, September 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast