रसुवा बाढीमा मृत्यु हुनेको संख्या १३ सय ४४ पुग्यो, ४ हजार ८ सय ९८ जना अझै बेपत्ता

हिमाल प्रेस २० भदौ २०८३ ७:४३ | Saturday, September 5, 2026
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १३ सय ४४ पुग्यो, ४ हजार ८ सय ९८ जना अझै बेपत्ता रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुंगेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र। तस्बिर : रासस

काठमाडौँ- भोटेकोशी नदीमा आएको बाढीमा परेका १ हजार ३४४ को शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार ४ हजार ८ सय ९८ जना अझै बेपत्ता रहेका छन्।

प्रहरीका अनुसार फेला परेका १,३४४ शवहरूमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन्। अन्य ५०१ वटा शवका आंशिक अङ्गहरू फेला परेका छन्, जसको पहिचान हुन बाँकी छ।

बेपत्ता हुने ४,८९८ जनामध्ये २,९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक रहेका छन्। नेपाली बेपत्ताहरूमा २,४४८ पुरुष र ४८२ महिला रहेका छन्। १,३५० जनाको बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८,६३१ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा ७,३८७ नेपाली र १,२४४ विदेशी नागरिक रहेका छन्। विस्थापित भएका ३,६५५ जनालाई हाल विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएको छ।

खोज तथा उद्धार कार्यका लागि ७,२१२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। उद्धारकै क्रममा ६५ जना प्रहरी कर्मचारीहरू बाढीबाट प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेका छन्।

फेला परेका शवहरूमध्ये १,०३० वटाको जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। मृतकको पहिचानका लागि डिएनए संकलन कार्य पनि तीव्र पारिएको छ। हालसम्म १,२६० मृतक र ९७२ मृतकका आफन्त गरी कुल २,२३२ जनाको डिएनए नमुना संकलन गरिएको छ।

प्रकाशित: २० भदौ २०८३ ७:४३ | Saturday, September 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast