बाढीपहिरो प्रभावित क्षेत्रमा धमाधम तुइन बनाउँदै बागमती सरकार

हिमाल प्रेस २० भदौ २०८३ ६:५० | Saturday, September 5, 2026
बाढीपहिरो प्रभावित क्षेत्रमा धमाधम तुइन बनाउँदै बागमती सरकार

काठमाडौँ- बाढीपहिरोबाट प्रभावित नुवाकोटमा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले सडक तथा पूर्वाधार मर्मतलाई तीव्रता दिएको छ।

कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा सडक सञ्चालनमा ल्याउन जेसीबी, टिपरलगायतका उपकरण परिचालन गरी मर्मत तथा पुनःनिर्माणको काम भइरहेको छ।

चौघडा पुल–बाहुनबेँसी–नर्जामाण्डप–लच्याङ–सरमथली–पर्च्याङ सडक मर्मतका लागि चारवटा जेसीबी र एउटा टिपर परिचालन गरिएको छ। यस्तै, विदुर–चोकदे–बोरेभञ्ज्याङ–लच्याङ–सरमथली–पर्च्याङ सडकमा पनि मर्मत कार्य जारी छ।

चोकदे–उपल्लो गेर्खुटार–केराघारी, चोकदे–कुवापानी–बेत्रावती, कल्याणी–मलागाउँ–निरञ्जना, हर्रे–कल्याणी, बागखोर–झ्याङ्ली तथा तादी पुल–मलागाउँ हुँदै बागखोरसम्मका सडकमा पनि मर्मत तथा सुधारको काम भइरहेको कार्यालयले जनाएको छ।

बाढीका कारण आवतजावतमा समस्या भएका स्थानमा वैकल्पिक पूर्वाधार निर्माणलाई समेत प्राथमिकता दिइएको छ। त्रिशूली बजार–इन्द्रायणी कोलोनी क्षेत्रमा तुइन निर्माण गरी सञ्चालनमा ल्याइसकिएको छ भने देवीघाटमा पनि तुइन निर्माण गरिएको छ ।

त्यस्तै, चन्द्रज्योति होल्डिङ सेन्टरमा ग्राभेल गर्ने कार्यसमेत सम्पन्न भएको छ।

बाढीपहिरोका कारण क्षतिग्रस्त सडक तथा आवागमनका संरचना पुनः सञ्चालनमा ल्याउन प्रदेश सरकारले उपकरण तथा जनशक्ति परिचालन गरी काम अघि बढाएको हो।

प्रकाशित: २० भदौ २०८३ ६:५० | Saturday, September 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast