सेनाले भन्यो- त्रिशूली-३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार,थप खोजी भइरहेको छ

हिमाल प्रेस १९ भदौ २०८३ १०:०२ | Friday, September 4, 2026
सेनाले भन्यो- त्रिशूली-३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार,थप खोजी भइरहेको छ

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा गत बुधबार (१० भदौ) मा आएको विनाशकारी बाढीका कारण त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्रबाट दुई जनालाई जीवितै उद्धार गरेको हो।

प्रारम्भिक जानकारीअनुसार उद्धार हुनेमा सञ्जय शाह र कविर महर्जन रहेका छन्। उद्धार गरिएका दुवै जनाको स्वास्थ्य उपचार भइरहेको सेनाले जनाएको छ।

सुरुङभित्र फसेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य भने जारी रहेको नेपाली सेनाले जनाएको छ।

भोटेकोशीमा आएको बाढीपछि त्रिशूली-३ ‘ए’ आयोजनाको सुरुङ क्षेत्रमा फसेका व्यक्तिको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरीलगायतको संयुक्त टोली परिचालन गरिएको छ।

प्रकाशित: १९ भदौ २०८३ १०:०२ | Friday, September 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast