भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावती बजारबाट उद्धार गरिएकी चण्डिका श्रेष्ठ। तस्बिर सौजन्य : सशस्त्र प्रहरी बल
काठमाडौँ- भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावती बजारमा एक महिलाको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलका अनुसार आनन्द श्रेष्ठको घरबाट उनकी पत्नी चण्डिकाको उद्धार गरिएको हो।
बेत्रावतीस्थित ४ तले घरको चौथो तलाबाट उद्धार गरिएकी ती महिला अचेत अवस्थामा छिन्। उनलाई उद्धार गरेर हेलिकप्टरमार्फत काठमाडौँतर्फ लगिएको सशस्त्र प्रहरी बलका सहप्रपक्ता डीएसपी शैलेन्द्र थापाले बताए। उद्धार टोलीले महिलाको आवाज सुनेपछि उनी भएको स्थानमा पुगेको थियो।
प्रकाशित: २० भदौ २०८३ १३:५५ | Saturday, September 5, 2026
प्रतिक्रिया


