पोखरामा पनि माटोमुनि गाडियो ७८ शव

हिमाल प्रेस १७ भदौ २०८३ ६:३२ | Wednesday, September 2, 2026
पोखरामा पनि माटोमुनि गाडियो ७८ शव

काठमाडौँ- भोटेकोशी बाढीमा मत्यु भएकामध्ये पोखरा ल्याइएका ७८ वटा शवको मंगलबार व्यवस्थापन गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले शजलाई जमिनमुनि व्यवस्थापन गरेको हो।

पोर्टमार्टम तथा डीएनए संकलनसहित पहिचानका लागि आवश्यक पर्ने सम्पूर्ण सबुतहरू सुुरक्षित राखिएपछि पहिचान नभएका शवहरू सामुहिक रूपमा व्यवस्थापन गरिएको कास्कीका प्रमुख जिल्ल अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए।

पोखरा महानगरपालिका १६ जौवारीस्थित सिंचाइको स्वामित्वमा रहेको गाँडतरा क्षेत्रको जमिनमा ती शव व्यवस्थापन गरिएको हो।

‘डीएनए नमूना संकलनसहित सम्पूर्ण कानुनी र वैज्ञानिक प्रक्रिया पूरा गरेर मात्र शव व्यवस्थापनको काम गरिएको छ,’ प्रजिअ गुरुङले भने, ‘डीएनएसँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्ने गरी व्यवस्थापन गरिएको हो।’

कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीकाअनुसार पहिचान हुन नसकेका शवलाई पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिकाअनुसार नै व्यवस्थापन गरिएको हो।

पोखरा ल्याइएका १०२ मध्ये सोमबारसम्म जम्मा १६ वटा शव पहिचान गरी आफन्तलाई बुझाइएको छ।

प्रकाशित: १७ भदौ २०८३ ६:३२ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast