भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, दुई जना पक्राउ

हिमाल प्रेस २६ भदौ २०८३ ९:११ | Friday, September 11, 2026
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, दुई जना पक्राउ

भक्तपुर-  जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझको अनुगमनमा ती सिलिन्डर सर्वसाधारणलाई वितरण गरिएको हो।

ब्याङ्क्वेट सञ्चालकले असोजमा पार्टी प्यालेसमा धेरै भोज हुने भएकाले आफूले चितवन पुगेर बिहीबार मात्र ग्यास ल्याएको जानकारी दिँदै स्थानीय प्रशासनको अनुरोधमा आवश्यक परेकालाई ग्यास वितरण गरिएको जानकारी दिए।

यसैबीच, जिल्ला प्रहरीले ग्यास कालोबजारी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। भक्तपुर नगरपालिका-२ इटाछेबाट १४ वटा सगर ग्यास सिलिन्डरसहित ४१ वर्षीय राजेश कर्मचार्य र सूर्यविनायक नगरपालिका-३ ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साहलाई पक्राउ गरिएको छ।

सर्लाहीको बरहथवा नगरपालिका-७ का साहले प्रतिसिलिन्डर रु. दुई हजार ८०० मा बिक्री गर्दै आएको सूचना पाएपछि उनलाई पक्राउ गरिएको हो।

उनको पसलबाट ७५ वटा हिमाल ग्यासका सिलिन्डर जफत गरिएको छ।

प्रकाशित: २६ भदौ २०८३ ९:११ | Friday, September 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast