रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो

हिमाल प्रेस २१ भदौ २०८३ १२:३१ | Sunday, September 6, 2026
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो

काठमाडौँ- विनाशकारी बाढीपछि रोगको जोखिम बढेसँगै रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार (भदौ २१) बिहान रसुवा पठाइएको स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको सचिवालयले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा हैजा तथा अरू पानीजन्य रोगको जोखिम न्यूनीकरणका निम्ति औषधी, खोप, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन मन्त्री मेहताले निर्देशन दिएकी छन् ।

प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अरू रोगको जोखिम बढेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको मन्त्री मेहताको सचिवालयले जनाएको छ।

प्रकाशित: २१ भदौ २०८३ १२:३१ | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast