बेपत्ता परिवारलाई एक लाख १५ हजार राहत दिइने

हिमाल प्रेस १७ भदौ २०८३ १६:५८ | Wednesday, September 2, 2026
बेपत्ता परिवारलाई एक लाख १५ हजार राहत दिइने

सिन्धुपाल्चोक- बाह्रबिसे नगरपालिकाले भोटेकोशी बाढी पीडितलाई जनही रु एक लाख १५ हजार राहत दिने भएको छ।

बाह्रबिसेमा स्थायी घर भएका नागरिकको परिवारलाई उक्त राहात प्रदान गरिने भएको हो।

बाढीबाट यस नगरपालिकाका ६१ जना नागरिक प्रभावित छन्। तीमध्ये एक जनाको शव फेला परेको छ भने ६० जना बेपत्ता छन्।

नगरपालिकाले उक्त राहत विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउन लागेको नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताए।

बाढीमा बेपत्ता भएपछि परिवारमा घरको मुख्य आम्दानी गर्ने व्यक्ति नै सम्पर्कविहीन भएकाले परिवारको अवस्था थप कठिन बनेको बस्नेतले जानकारी दिए।

प्रकाशित: १७ भदौ २०८३ १६:५८ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast