आज मिति ५ भदौ ०८३, शुक्रबार । तदअनुसार अगस्ट महिनाको २१ तारिख । साउन शुक्ल नवमी तिथि । यो राशि ज्यो.जगदीश सुवेदीले तयार गरेका हुन् । आज माता पाथीभरा देवीको दर्शन गर्ने अति उत्तम दिन पनि हो।
मेष राशि
सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ।
वृष
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्।
मिथुन
नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
कर्कट
प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।
सिंह
रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ।
कन्या
प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ।
तुला
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।
वृश्चिक
विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।
धनु
काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।
मकर
सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।
कुम्भ
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ।
मीन
विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।


