पर्खाल भत्केर दुई कामदारको मृत्यु

हिमाल प्रेस २० साउन २०८३ २१:२० | Wednesday, August 5, 2026
6
SHARES
पर्खाल भत्केर दुई कामदारको मृत्यु प्रतीकात्मक तस्बिर।

नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर दुई जना कामदारको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितिसिंह राठौरका अनुसार भैयापुरस्थित न्यू किसान इँटाभट्टाको घरमा निर्माणको काम गरिरहेको अवस्थामा पर्खाल भत्किएर गम्भीर घाइते भएका एक व्यक्तिको भेरी अस्पताल, नेपालगन्जमा उपचारका क्रममा बुधबार मृत्यु भएपछि सो घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको हो।

पर्खाल भत्केर गम्भीर घाइते भएका नेपालगन्ज–१७ का ४५ वर्षीय रामफेरन कोरीको मृत्यु भएको उनले जानकारी दिए।

यसअघि सो पर्खाल भत्किँदा भैयापुर–१९ निवासी ५२ वर्षीय बर्षादी लोधको घटनास्थलमा मृत्यु भएको थियो।

प्रकाशित: २० साउन २०८३ २१:२० | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast