त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र उद्धार कार्यअघि बढाउने प्रयास

हिमाल प्रेस १४ भदौ २०८३ १६:३२ | Sunday, August 30, 2026
त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र उद्धार कार्यअघि बढाउने प्रयास

काठमाडौँ- त्रिशुली–३ ‘ए’ जलविद्युत आयोजनाको केबल आउटलेट टनेलबाट सुरुङभित्र प्रवेश गरी उद्धार कार्य अघि बढाउने प्रयास थालिएको छ।

नेपाल विद्युत प्राधिकरणका विज्ञ प्राविधिकसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी तथा उद्धारकर्मीको टोली घटनास्थलमा खटेको हो।

सुरुङभित्र प्रवेशका लागि अवरोध बनेको संरचना हटाउने काम भएको ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।

उद्धार टोलीले सुरुङको क्राउन (माथिल्लो भाग) भेटिएको र त्यसलाई एक्साभेटर प्रयोग गरेर फुटाई खुलाउने कार्य अघि बढाएको छ।

अवरोध हटाएर सुरुङमा सुरक्षित प्रवेशको अवस्था तयार भएपछि उद्धारकर्तालाई भित्र पठाउन पहल भइरहेको बताइएको छ।

त्यस्त्रै त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजनास्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको प्राविधिक टोली घटनास्थलमा परिचालित भएको छ।

आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइटका इन्जिनियरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर काम सुरू गरेको हो।

टोलीले आयोजनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थाको स्थलगत निरीक्षण गरी उद्धार कार्यलाई अघि बढाएको बताइएको छ।

दुवै जलविद्युत आयोजनाको सुरुङभित्र ठूलो संख्यामा कामदार फसेको अनुमान गरिएको छ।

प्रकाशित: १४ भदौ २०८३ १६:३२ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast