काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार गोलभेँडाको मूल्य बढेको छ।
ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ६० रुपैयाँबाट बढेर ७० रुपैयाँ पुगेको छ भने ठूलो भारतीय गोलभेँडाको मूल्य ७० रुपैयाँबाट ८० रुपैयाँ पुगेको छ। सानो (टनेल) गोलभेँडा पनि प्रतिकिलो ३८ रुपैयाँबाट ४० रुपैयाँ पुगेको छ।
अन्य प्रमुख तरकारीमध्ये आलु र प्याजको मूल्य भने स्थिर रहेको समितिले जनाएको छ।
प्रकाशित: २२ साउन २०८३ ८:३३ | Friday, August 7, 2026
प्रतिक्रिया


