काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरुसँग आज छुट्टाछुट्टै बिफ्रिङ लिइरहेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बालेनले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएका थिए।
अहिले केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिँदैछन्। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिने सचिवालयले जनाएको छ।
प्रकाशित: १५ भदौ २०८३ १३:४० | Monday, August 31, 2026
प्रतिक्रिया


