सरकार र मिटरब्याज पीडित सम्झौताको विरोधमा उत्रिए साहु-महाजन

हिमाल प्रेस २ भदौ २०८३ २०:२४ | Tuesday, August 18, 2026
6
SHARES
सरकार र मिटरब्याज पीडित सम्झौताको विरोधमा उत्रिए साहु-महाजन

काठमाडौँ- सरकार र मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमतिप्रति आपत्ति जनाउदै साहु-महाजनले काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका छन्।

साउन ६ गते निजगढमा सरकारसँग भएको ९ बुँदे सम्झौता आपत्तिजनक र एकतर्फी रहेको भन्दै उनीहरुले काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका हुन्।

उनीहरुले उक्त सम्झौतामा कपाली तमसुक, दृष्टिबन्धक, राजीनामा र चेक बाउन्स जस्ता सबै प्रक्रियालाई अवैध भनिएकोप्रति असन्तुष्टि जनाएका छन्।

राजीनामाबाट भएको वैधानिक खरिद–बिक्रीलाई सरकारले कुन कानुनी आधारमा तोड्न सक्छ भन्दै उनीहरुले यसका लागि छुट्टै कानुन चाहिने धारणा राखेका छन्।

सबै कारोबारलाई अवैध करार गर्दा विशेषगरी मधेश प्रदेशका गाउँघरमा समाज नचल्ने, सामाजिक विकृति बढ्ने र भविष्यमा द्वन्द्व सिर्जना हुने मधेशबाट आएका विनय यादवले बताए।

उनले चेक बाउन्सको कारोबार देशभर भए पनि कपाली तमसुकमा आधारित लेनदेन मधेशमा धेरै हुने भएकाले यसलाई व्यावहारिक रूपमा हेरिनुपर्ने बताए।

सरकारले एकतर्फी निर्णय नगरी साहु र ऋणी दुवै पक्षलाई सँगै राखेर कुरा सुन्नुपर्ने र सम्झौता सच्याउनुपर्ने उनीहरुको माग छ।

सरकारले आफूहरूलाई वार्तामा नबोलाएसम्म आन्दोलन जारी रहने उनीहरुले चेतावनी दिएका छन्।

प्रकाशित: २ भदौ २०८३ २०:२४ | Tuesday, August 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast