राउटे महिला फलाटो शाहीको मृत्यु

हिमाल प्रेस २१ साउन २०८३ १६:४४ | Thursday, August 6, 2026
20
SHARES
राउटे महिला फलाटो शाहीको मृत्यु

सुर्खेत- जंगली जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायकी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६५ वर्षीया फलाटो शाही रहेकी छिन्।

उनी राउटे समुदायका मुखीया मध्येका एक प्रकाश शाहीकी आमा हुन्। राउटे परियोजनाका कर्मचारी लालबहादुर केसीका अनुसार, उनी दीर्घरोगका बिरामी थिइन्।

‘औषधी सेवन गरिरहेकी थिइन्,’ केसीले भने, ‘अहिले साउने सङ्क्रान्तिको अवसरमा अत्यधिक मदिरा सेवन पनि भएकाले बिहान २ बजेतिर मृत्यु भयो।’

फलाटो शाहीको मृत्युपछि अब राउटे समुदायको कुल जनसंख्या १३२ मा झरेको छ।

गत वर्ष साउन महिनामा उनीहरूको जनसंख्या १३५ थियो। हाल राउटे पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–९, खानीखोलामा बस्दै आएका छन्।

प्रकाशित: २१ साउन २०८३ १६:४४ | Thursday, August 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast