पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा शोभा गौतम नेतृत्वमा प्यानल घोषणा

हिमाल प्रेस ५ भदौ २०८३ ११:१४ | Friday, August 21, 2026
पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा शोभा गौतम नेतृत्वमा प्यानल घोषणा

पोखरा- पोखराको सबैभन्दा जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि शोभा गौतमले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेकी छन्।

संघमा हाल महासचिव रहेकी गौतमले व्यवसायीहरुको साझा संस्थालाई अझ प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने संकल्पका साथ चुनावमा होमिएको बताइन्।

उनको प्यानलमा अध्यक्ष शोभा गौतम, वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्ष भीम गौतम, महासचिव तारानाथ ढुंगाना, कोषाध्यक्षमा बालकृष्ण कोइराला र उपमहासचिव यादव पोखरेल छन्।

शुक्रबार पत्रकार सम्मेलनमा अध्यक्ष उम्मेदवार गौतमले आफ्नो प्यानलसहितको उम्मेदवारी घोषणा गरिएको बताइन्।

संघको ७२ औं अधिवेशन तथा ३६ औं महाधिवेशन यही २० र २१ भदौमा हुँदैछ।

आज उम्मेदवार मनोनयनपत्र वितरण हुँदैछ। ८ भदौमा मनोनयनपत्र दाखिला गर्नुपर्नेछ।

२०११ सालमा अमृतप्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको पोखरा उद्योग वाणिज्य संघमा हाल २ हजार ७ सय ३१ सदस्य छन्।

प्रकाशित: ५ भदौ २०८३ ११:१४ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast