‘निम्स दाइ’ अद्वितीय व्यक्ति थिए : राजकुमार विलियम्स

हिमाल प्रेस १७ साउन २०८३ २०:१४ | Sunday, August 2, 2026
8
SHARES
‘निम्स दाइ’ अद्वितीय व्यक्ति थिए : राजकुमार विलियम्स

काठमाडौँ- बेलायतका राजकुमार विलियम्सले विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ को निधनप्रति दुःख व्यक्त गरेका छन्।

‘ब्रोड पिक’ मा गएको विनाशकारी हिमपहिरोमा परी निम्स दाइसहित ज्यान गुमाएका अन्य आरोहीहरुप्रति उनले दुःख व्यक्त गरेका हुन्।

सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै उनले भनेका छन्,‘ब्रोड पिकमा गएको हिमपहिरोमा परी निर्मल पुर्जा र अन्य आरोहीहरुको दुःखद निधनको खबरले मलाई अत्यन्तै मर्माहत बनाएको छ।’

राजकुमार विलियम्सले निम्स दाइ विश्वकै एक जना महान पर्वतारोही र अद्वितीय व्यक्ति रहेको जिकिर गरेका छन्।

‘असम्भव जस्तै देखिने लक्ष्यहरूलाई निरन्तर पछ्याउने उहाँको अदम्य साहस, नम्रता र निस्वार्थपनले उहाँलाई साँच्चै अद्वितीय बनाएको थियो,’ विलियम्सले भनेका छन्।

बेलायती सेनामा विशिष्ट सेवा गरेको स्मरण गर्दै उनले निम्स दाइ विश्वकै उत्कृष्ट पर्वतारोहीमध्ये एक रहेको उल्लेख गरेका छन्।

‘विश्वकै उत्कृष्ट पर्वातारोहीहरुमध्ये एक बन्नुअघि निम्सले बेलायती सशस्त्र बलमा विशिष्ट सेवा गर्नुभएको थियो, जसले नेपाली आरोहीहरुलाई विश्व मञ्चमा उच्च पहिचान दिलायो,’ विलियम्सले भनेका छन्।

प्रकाशित: १७ साउन २०८३ २०:१४ | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast