नेपाल भलिबल लिग आगामी भदौ १९ देखि २७ गतेसम्म

हिमाल प्रेस ३० साउन २०८३ ९:३३ | Saturday, August 15, 2026
10
SHARES
नेपाल भलिबल लिग आगामी भदौ १९ देखि २७ गतेसम्म

काठमाडौँ- नेपाल भलिबल लिग (एनभीएल) आगामी भदौ १९ देखि २७ गतेसम्म आयोजना हुने भएको छ। आयोजक केडिया ग्रुपले विज्ञप्ति जारी गर्दै प्रतियोगिताको नयाँ आधिकारिक मिती सार्वजनिक गरेको हो।

यसअघि भदौ १२ गतेदेखि प्रतियोगिता सुरु हुने भनिएको थियो। आयोजकले आधिकारिक रूपमा पुरुष फ्रेन्चाइज भलिबल लिग भदौ १९ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन हुने जनाएको हो।

लिगमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। सहभागी टोलीका टिम मालिक, टिम लोगो, नारा, मार्की खेलाडी, मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक यसअघि नै सार्वजनिक भइसकेका छन्। प्रतियोगिताका लागि खेलाडी अक्सनसमेत सम्पन्न भइसकेको छ।

प्रकाशित: ३० साउन २०८३ ९:३३ | Saturday, August 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast