नेपाल लिकर्सका सीईओ तुलाधरलाई ‘सीईओ अफ द इयर’ अवार्ड

हिमाल प्रेस १९ साउन २०८३ १४:३१ | Tuesday, August 4, 2026
नेपाल लिकर्सका सीईओ तुलाधरलाई ‘सीईओ अफ द इयर’ अवार्ड

काठमाडौँ-  नेपाल लिकर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभनिश वीर सिंह तुलाधर सिंगापुरमा आयोजित ‘एसिया बिजनेस लिडर्स अवार्ड्स’मा ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन्।

एसिया क्षेत्रका उत्कृष्ट व्यवसायी तथा नेतृत्वकर्तालाई नेतृत्व क्षमता, रणनीतिक नवप्रवर्तन र सम्बन्धित उद्योगमा पुर्‍याएको योगदानका आधारमा प्रदान गरिने उक्त अवार्ड तुलाधरलाई प्रदान गरिएको नेपाल लिकर्सले जनाएको छ।

नेपाल लिकर्सका अनुसार तुलाधरले यसअघि कम्पनीको डाइरेक्टर अफ अपरेसन्सका रूपमा जिम्मेवारी सम्हालेका थिए। त्यसपछि उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन्।

‘जेनजी’ पुस्ताका नेतृत्वकर्ता तुलाधरले युनिभर्सिटी अफ रिचमन्ड र इसेक बिजनेस स्कुलबाट उच्च शिक्षा हासिल गरेका छन्। अन्तर्राष्ट्रिय शैक्षिक ज्ञान र कम्पनीभित्रको व्यावहारिक अनुभवलाई संयोजन गर्दै उनले कम्पनीमा आधुनिक तथा दूरदर्शी व्यावसायिक दृष्टिकोण अघि बढाएको नेपाल लिकर्सको दाबी छ।

अवार्ड प्राप्त गरेपछि तुलाधरले यो सम्मान आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाल लिकर्स परिवारको सामूहिक मेहनतको परिणाम भएको बताएका छन्।

‘यो प्रतिष्ठित सम्मानबाट सम्मानित हुन पाउँदा म अत्यन्तै आभारी छु। यो सफलता मेरो मात्र नभई सम्पूर्ण नेपाल लिकर्स परिवारको लगनशीलताको परिणाम हो’, उनले भनेका छन्।

उनले उक्त अवार्ड नेपाल लिकर्सका संस्थापक तथा आफ्ना हजुरबुबा स्वर्गीय भक्त वीर सिंह तुलाधरको दूरदृष्टि र मार्गदर्शन तथा परिवारको निरन्तर साथमा समर्पित गरेको बताएका छन्।

२०३६ मा स्थापना भएको नेपाल लिकर्स प्रालिले नेपालमा मदिराजन्य पेय पदार्थको उत्पादन, मिश्रण तथा वितरण गर्दै आएको छ। कम्पनीले विश्वप्रसिद्ध ब्रान्ड डियाजियोको फ्रेन्चाइज पार्टनरका रूपमा सिग्नेचर ह्विस्की र स्मिरनोफ भोड्कालगायत ब्रान्ड उत्पादन गर्दै आएको जनाएको छ।

प्रकाशित: १९ साउन २०८३ १४:३१ | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast