एनसेल र बीवाईडी नेपालबीच कनेक्टेड भेहिकल सेवाका लागि साझेदारी

हिमाल प्रेस २ भदौ २०८३ १४:२३ | Tuesday, August 18, 2026
एनसेल र बीवाईडी नेपालबीच कनेक्टेड भेहिकल सेवाका लागि साझेदारी

काठमाडौँ- एनसेल र नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्कबीच कनेक्टेड भेहिकल सेवा उपलब्ध गराउने उद्देश्यले साझेदारी भएको छ। साझेदारीसँगै नेपालमा बिक्री हुने बीवाईडीका सवारी साधनमा एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडान गरिने भएको छ।

आईओटी सिममार्फत बीवाईडीका ग्राहकले कुनै अतिरिक्त उपकरण प्रयोग नगरी सवारी साधनमै इन्टरनेट कनेक्टिभिटी प्राप्त गर्नेछन्। यसले बीवाईडी एप इकोसिस्टम तथा कनेक्टेड इन्फोटेनमेन्ट सुविधालाई सहयोग गर्ने कम्पनीले जनाएको छ।

यस सुविधामार्फत प्रयोगकर्ताले मोबाइल फोन कनेक्ट गर्न वा छुट्टै वाईफाई हटस्पटमा निर्भर हुन नपर्ने जनाइएको छ। सवारी साधनको सिस्टमबाटै युट्युब, स्पोटिफाइ, काराओकेलगायत अनलाइन सेवा तथा डिजिटल मनोरञ्जनका सुविधा प्रयोग गर्न सकिनेछ।

उपलब्ध हुने सुविधाहरू सवारी साधनको मोडल, सफ्टवेयर तथा नेपालमा उपलब्ध सेवाअनुसार फरक पर्न सक्ने कम्पनीले जनाएको छ।

एनसेलको देशभर फैलिएको नेटवर्कमार्फत सवारी साधनमा कनेक्टिभिटी उपलब्ध हुने बताइएको छ। नेटवर्कको अनुभव भने स्थान, कभरेज र सवारी साधनको कन्फिगरेसनअनुसार फरक हुन सक्ने जनाइएको छ।

सम्झौता हस्ताक्षर कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले यो साझेदारीले बीवाईडीका सवारी साधनमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा तथा इन्टेलिजेन्ट मोबिलिटीको अनुभव थप सहज बनाउने बताए।

उनले भने,‘आईओटी सेवासम्बन्धी यो साझेदारीले बीवाईडी सवारी साधनहरूमा स्मार्ट कनेक्टिभिटी, इन्फोटेनमेन्ट, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीको सुविधा दिन्छ, जसले गर्दा ग्राहकहरूले आईओटी सोलुसन्समार्फत अझ सहज र सुविधाजनक कनेक्टेड ड्राइभिङ अनुभव लिन सक्छन्।’

बीवाईडी एप तथा विभिन्न इन्फोटेनमेन्ट सेवाका लागि प्रत्यक्ष सवारी कनेक्टिभिटी उपलब्ध हुँदा बाह्य हटस्पट वा मोबाइल डेटामा निर्भरता कम हुने उनको भनाइ थियो। स्थानीय नेटवर्कमा कनेक्ट हुँदा नेभिगेसन पनि थप भरपर्दो हुने उनले बताए।

यो सुविधा बीवाईडीका नयाँ ग्राहकमा मात्र सीमित नरहने भएको छ। यसअघि नै बीवाईडीका सवारी साधन प्रयोग गरिरहेका ग्राहकले पनि नेपालभर रहेका १३ वटा आधिकारिक बीवाईडी सर्भिस सेन्टरमा गएर आफ्नो सवारी साधनमा एनसेलको आईओटी सिम जडान गर्न सक्नेछन्।

साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले साझेदारीले बीवाईडीका ग्राहकको अनुभव थप उन्नत बनाउने बताए।

‘बीवाईडी सधैँ प्राविधिक नवप्रवर्तनको अग्रपङ्क्तिमा रहेको छ। एनसेलसँग सहकार्य गरेर हामी हाम्रा ग्राहकहरूको अनुभवलाई अझ उन्नत बनाउने अर्को महत्त्वपूर्ण कदम चालिरहेका छौँ,’ उनले भने।

भरपर्दो इनभेहिकल कनेक्टिभिटीले बीवाईडीका सवारी साधनमा उपलब्ध इन्टेलिजेन्ट सुविधाको पूर्ण उपयोग गर्न ग्राहकलाई सहज बनाउने श्रेष्ठको भनाइ छ।

कम्पनीका अनुसार ग्राहकले पाउने कनेक्टिभिटी प्लान, त्यसको अवधि तथा शुल्क सवारी साधन वा सम्बन्धित सेवा प्याकेजअनुसार निर्धारण हुनेछ।

प्रकाशित: २ भदौ २०८३ १४:२३ | Tuesday, August 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast