बाढीमा डुबेको ५ दिनपछि पनि सुरक्षित भेटियो ५० करोडको सुन र डेढ करोड नगद भएको लकर

हिमाल प्रेस १५ भदौ २०८३ ७:०४ | Monday, August 31, 2026
बाढीमा डुबेको ५ दिनपछि पनि सुरक्षित भेटियो ५० करोडको सुन र डेढ करोड नगद भएको लकर

काठमाडौँ- भोटेकोशीको बाढी आएको ५ दिनपछि नुवाकोटको त्रिशूलीस्थित कृषि विकास बैंकको शाखामा नगद, सुनचाँदीसहितका बहुमूल्य धातु सुरक्षित फेला परेको छ।

१० भदाैको बाढीमा डुबेको कृषि विकास बैंक, त्रिशूली ढुंगे शाखाबाट करिब ५० करोड रुपैयाँ बराबरको सुन, डेढ करोड रुपैयाँ जति नगद तथा महत्वपूर्ण कागजात सुरक्षित फेला परेको प्रहरीले जनाएको छ।

आइतबार करिब ८ घण्टाको निरन्तर प्रयासपछि सुनचाँदी र नगदसहितका बस्तु सुरक्षित स्थानमा सारिएको पनि प्रहरीले जनाएको छ।

प्रकाशित: १५ भदौ २०८३ ७:०४ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast