नयाँ सरकारले पनि बुझेन ‘धुर्मुस’को पीडा, भारीमन र अधुरा सपना बोकेर फर्किँए अमेरिका

हिमाल प्रेस ४ भदौ २०८३ १२:३२ | Thursday, August 20, 2026
2
SHARE
नयाँ सरकारले पनि बुझेन ‘धुर्मुस’को पीडा, भारीमन र अधुरा सपना बोकेर फर्किँए अमेरिका कलाकार धुर्मुस र छोरी सुविहानी। तस्बिर : धुर्मुस फेसबु्क।

काठमाडौँ- चितवनमा निर्माणाधीन गौतमबुद्ध रंगशालाको हिसाव बुझाउन नसकेपछि कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ लामो समयदेखि तनावमा छन्। हिसाब देखाउन नसकेकै कारण ठूलो मात्राको ऋण उनीहरूको टाउकोमा छ। यसअघि नै सरकारले निकासा गर्नुपर्ने भए पनि हालसम्म रकम आएको छैन। धुर्मुस यही पीडाको छटपटीमा बेलाबेलामा सरकारी कार्यालय धाइरहेका छन्। यही पीडाले भन्दै उनी अमेरिका गएका छन्।

नयाँ सरकार निर्माणपछि आशा बोकेर धुर्मुस नेपाल फर्किएका थिए। तर उनको पीडामा मल्हम लागेन। यही पीडा बोकेर उनी अमेरिका फर्किएका छन्। उनले लेखेका छन्, ‘दुई महिना अथक प्रयास गरेँ । राज्यका ढोका–ढोका पुगेँ । न्यायको आशामा राज्यलाई गुहारेँ । तर, न राज्यले मेरो आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ । समस्या समाधान हुने त कुरै भएन, उल्टै १५ करोड विनियोजित बजेट समेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो ।’

आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको गुनासो गर्दै उनले अगाडि भनेका छन्, ‘देशमा इमानदारीका साथ केही गरौँ, आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति सायद यस्तै हुँदो रहेछ । १० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन सायद यही होला ।’

उनले राज्यसँग आफ्नो आशा अझै बाँकी रहेको पनि बताएका छन् । ‘मन भारी भएको छ । ओठ कापेका छन् । आँखा रसाएका छन् । तर, हृदयको कुनै कुनामा आशा अझै बाँकी छ । कुनै दिन राज्यले सम्झिनेछ,’ उनले भनेका छन्, ‘समयले सत्य बोल्नेछ । हाम्रो पीडा सुनिनेछ । त्यो दिन हाम्रो संघर्षको मूल्य बुझिनेछ । अनि मात्र हामीभित्रको देशभक्ति भावनाको कदर हुनेछ ।’

सीताराम दम्पतीमाथि चितवनमा क्रिकेट रंगशाला निर्माण गर्दा लागेको १८ करोडभन्दा बढीको ऋणको भारी छ । त्यो ऋणको विवाद सुल्झाउन सीतारामले राज्यसँग हारगुहार गरे पनि समस्या समाधान हुन सकेको छैन । रंगशालाको ऋण फर्स्यौट नभएपछि उनी निराश भएर छोरीको उपचारका लागि भन्दै अमेरिका गएका थिए ।

https://www.facebook.com/sitaramkattelofficial/posts/29012869368301153?ref=embed_post

प्रकाशित: ४ भदौ २०८३ १२:३२ | Thursday, August 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast