सुनसरी घटनाको न्यायिक छानबिनको माग

हिमाल प्रेस १९ साउन २०८३ १५:१८ | Tuesday, August 4, 2026
2
SHARE
सुनसरी घटनाको न्यायिक छानबिनको माग

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न दलका सांसदहरूले सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक समिति गठन गर्न तथा दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।

बैठक सुरु हुनासाथ बोल्ने अवसर पाएका नेपाली कांग्रेसका सांसद निश्कल राईले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए।

सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई कारबाही गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए। राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकजुट हुनुपर्ने उनले बताए।

प्रधानमन्त्रीले गत जेठ १७ गते संसद्मा दिएको अभिव्यक्तिबारे जवाफ आउनुपर्ने र उक्त भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने उनले माग गरे।

नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सुनसरी घटनापछि फैलिएको अराजक गतिविधि नियन्त्रणमा आएकोमा खुसी व्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिन निष्पक्ष छानबिन आवश्यक रहेको बताए।

भौतिक क्षतिको क्षतिपूर्ति सम्भव भए पनि मानसिक पीडाको क्षतिपूर्ति गर्न नसकिने भएकाले संवेदनशील घटनालाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। औद्योगिक क्षेत्रसमेत त्रसित बनेको उल्लेख गर्दै दिगो शान्ति र सुव्यवस्थाका लागि दीर्घकालीन सोच आवश्यक रहेको उनले बताए।

नेकपा सांसद बलावती शर्माले सुनसरी घटनालाई नियन्त्रणमा ल्याउन सबै पक्षले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने  बताइन्।

पीडित नागरिकले प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थिति खोजिरहेको भन्दै सरकार जिम्मेवार बन्नुपर्ने तथा पश्चिम नेपालस्थित सुस्ताको भूमि समस्या समाधान गर्न पहल गर्नुपर्ने उनले आग्रह गरिन्।

श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ राईले जनकपुर मन्दिर क्षेत्रमा आफ्ना पार्टीका नेताकार्यकर्तामाथि भएको कुटपिटबारे दोषीमाथि के कारबाही भयो भन्ने जानकारी गराउन सरकारसँग माग उनले गरे।

प्रकाशित: १९ साउन २०८३ १५:१८ | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast