संसद बैठक बोलाउन कांग्रेसको माग

हिमाल प्रेस १५ भदौ २०८३ १४:४८ | Monday, August 31, 2026
संसद बैठक बोलाउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले छिटोभन्दा छिटो संसदको बैठक आह्वान गर्न सभामुखसँग छलफल गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी कामकारबाहीबारे आम जनतालाई स्पष्ट जानकारी दिन सदन तत्काल सञ्चालन हुनुपर्ने निष्कर्ष निकालेको हो।

सदन सञ्चालन गर्न सभामुखसँग छलफल गर्ने निर्णय भएको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।

जिल्ला तथा गाउँ–गाउँमा रहेका धेरै बेपत्ताका घटनाहरू सांसदहरूमार्फत सदनमा उठान हुने र समाधानका उपाय पहिल्याउन सहज हुने उनले बताइन्।

बैठकले राहत कार्यमा सहयोग पु¥याउन पार्टीका सबै सांसदहरुले आफ्नो आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ भने अत्यावश्यक पूर्वाधारको तत्काल पुनर्निर्माण गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन आग्रह गरिएको प्रमुख सचेतक थापाले जानकारी दिइन्।

त्यस्तै कांग्रेस सचेतक निश्कल राईले वास्तविक पीडित र आवश्यक परेका मानिसहरूले राहत पाउन नसकेको र राहत सामग्री एकै ठाउँमा थुप्रिने तर वितरण प्रणाली प्रभावकारी हुन नसकेको बताए।

सरकारको एकद्वार प्रणालीमा स्थानीय तहसँग पर्याप्त समन्वय नभएको उनको भनाइ छ। साथै उनले शव व्यवस्थापन अत्यन्तै संवेदनशील र जटिल विषय भएको तर आवश्यक उपकरणको अभाव रहेको उल्लेख गरे।

पीडित परिवारको पीडा र परम्परागत संस्कारलाई ध्यानमा राखी सुरक्षित र मर्यादित व्यवस्थापनका लागि विज्ञहरूसँग सल्लाह लिएर अघि बढ्न सरकारसँग आग्रह गरिने उनको भनाइ छ।

प्रकाशित: १५ भदौ २०८३ १४:४८ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast