कार्यव्यवस्था परमार्श समिति बैठक : के भयो छलफल?

हिमाल प्रेस २० साउन २०८३ १८:३६ | Wednesday, August 5, 2026
कार्यव्यवस्था परमार्श समिति बैठक : के भयो छलफल?

काठमाडौँ- प्रतिनिधिसभाको क्यालेन्डर र आगामी बैठकहरूलाई थप प्रभावकारी बनाउने विषयमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ।

प्रतिनिधिसभाको आगामी संसद् क्यालेन्डर, संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्यप्रणालीलाई थप सुदृढ बनाउने उपायबारे परामर्श भएको सभामुखको सचिवालयले जनाएको छ।

छलफलमा सांसदहरूबाट पालना गर्नुपर्ने आचरण, संसद् बैठकमा अपनाउनुपर्ने पोसाकसम्बन्धी व्यवस्था, कार्यसूची व्यवस्थापन, संसदीय गतिविधिलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउने उपाय तथा सदन सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत भएको थियो।

बैठकमा संसद्को गरिमा, मर्यादा र प्रभावकारिता अभिवृद्धि गर्दै जनअपेक्षाअनुरूप संसदीय कार्यसम्पादन सुनिश्चित गर्न सबै राजनीतिक दलबीच निरन्तर संवाद, सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो।

संसद्को कार्यसम्पादनलाई थप प्रभावकारी, मर्यादित र जनउत्तरदायी बनाउन सबै पक्षले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेमा सहभागी सदस्यहरूले जोड दिएका थिए।

प्रतिनिधिसभाको आगामी बैठक बिहीबार दिउँसो १ः०० बजेका लागि तोकिएको छ।

प्रकाशित: २० साउन २०८३ १८:३६ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast