भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् अवरुद्ध, ५ विद्युत् गृहमा क्षति

हिमाल प्रेस १० भदौ २०८३ १२:४५ | Wednesday, August 26, 2026
भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् अवरुद्ध, ५ विद्युत् गृहमा क्षति

काठमाडौँ- भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर गएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् प्रणालीबाट बाहिरिएको हो।

बाढीले घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ।

बाढीका कारण रसुवागढी, चिलिमे, त्रिशूली ३ ए, त्रिशूली ३ बी हब २२० केभी सबस्टेसन, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्र र विभिन्न वितरण संरचनामा क्षति पुगेको छ।

प्राधिकरणले नदी तथा खोलाको आसपास र जोखिमयुक्त क्षेत्रमा रहेका नागरिक तथा कर्मचारीलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा जान आग्रह गरेको छ। साथै आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार र अफवाहमा विश्वास नगर्नसमेत अनुरोध गरेको छ।

प्रकाशित: १० भदौ २०८३ १२:४५ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast