काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको शुक्रबारको मूल्यसूचीअनुसार तरकारी बजारमा मिश्रित प्रभाव देखिएको छ।
बोडी तनेको मूल्य प्रतिकिलो ७० रुपैयाँबाट ९० रुपैयाँ पुगेको छ।
लौका ५० बाट ६० रुपैयाँ, हरियो फर्सी ५० बाट ६० रुपैयाँ तथा डल्ले च्याउ ४५० बाट ५०० रुपैयाँ पुगेको छ।
राजा च्याउ, गान्टेमूला, तामा, तोफु, गुन्द्रुक र इमलीको मूल्य पनि बढेको छ।
कुरिलो ५०० बाट ४५० रुपैयाँमा झरेको छ भने ब्रोकाउली १३० बाट १२० रुपैयाँमा झरेको छ।
प्रकाशित: २२ साउन २०८३ ८:३५ | Friday, August 7, 2026
प्रतिक्रिया


