प्रतिनिधिसभामा भूमिहीन सुकुम्बासी व्यवस्थापनबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

हिमाल प्रेस १९ साउन २०८३ १७:१८ | Tuesday, August 4, 2026
6
SHARES
प्रतिनिधिसभामा भूमिहीन सुकुम्बासी व्यवस्थापनबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव संसद् बैठक। फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको विषयमा प्रस्ताव प्रस्तुत गरिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रस्तावक रहेको उक्त प्रस्तावलाई नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले समर्थन गरेका छन्।

प्रस्ताव प्रस्तुत गर्दै नेता आङ्देम्बेले तत्काल गर्नुपर्ने कामको साझा कार्ययोजना तयार गरी कार्यान्वयन सुरु गर्नुपर्ने बताए। उनले सभामुखमार्फत सरकारलाई सात दिनभित्र एकीकृत कार्ययोजना सार्वजनिक गर्न माग गरे।

प्रस्तावमा सरकारले प्रत्येक १५ दिनमा प्रगति विवरण सम्बन्धित समितिमा पेस गर्नुपर्ने तथा समस्या समाधान नभएसम्म मासिक रूपमा सदनलाई जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ।

प्रकाशित: १९ साउन २०८३ १७:१८ | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast