१८ औँ नाडा अटो शो : रोबोटिक आकर्षणभित्र नेपालको विद्युतीय गाडी क्रान्ति

हिमाल प्रेस ६ भदौ २०८३ १९:४४ | Saturday, August 22, 2026
१८ औँ नाडा अटो शो : रोबोटिक आकर्षणभित्र नेपालको विद्युतीय गाडी क्रान्ति

काठमाडौँ- आगामी भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुन लागेको १८ औँ नाडा अटो शोमा जी१ ह्युमनोइड र गो२ क्वाड्रुपेड (चारखुट्टे) रोबोट मुख्यम आकर्षणका रुपमा रहने भएको छ।

तर, यी अत्याधुनिक रोबोटिक प्रदर्शनीभन्दा पर नेपालको अटोमोबाइल क्षेत्रमा भइरहेको ठूलो विद्युतीय आगमन र यसका चुनौतीहरु नै यसपटकको प्रदर्शनीको मुख्य विषयवस्तु बन्ने देखिएको छ।

नेपालमा अहिलेसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिइसकेका छन्। निजी आयातकर्ता र नेपाल विद्युत प्राधिकरणको संयुक्त प्रयासमा देशभर करिब दुई हजार चार्जिङ स्टेसनको सञ्जाल तयार भइसकेको छ।

नेपाल भित्रिने कुल विद्युतीय सवारीमध्ये ८० प्रतिशतभन्दा बढी चीनबाट आउँछन् भने बाँकी भारतबाट आयात हुने गरेका छन्।

यो परिवर्तन विगत एकै दशकभित्र पूर्वाधारले सहजै धान्न सक्नेभन्दा तीव्र गतिमा भएको छ। नाडा नेतृत्वले समेत सार्वजनिक रुपमै स्वीकार गरेको यो ‘गाडी र पूर्वाधारबीचको अन्तर’लाई यसपटकको स्वर्ण जयन्ती संस्करणले एउटै प्रदर्शनीस्थलमा प्रस्तुत गर्दैछ।

प्रदर्शनीमा बीवाईडी, स्टेलान्टिसको लगानी रहेको लिपमोटर, जिली एमजी र वुलिङ जस्ता स्थापित ब्रान्डका सहरी माइक्रो ईभीदेखि विभिन्न मूल्य र आकारका विद्युतीय तथा हाइब्रिड गाडीहरु राखिने आयोजकले जनाएको छ।

त्यस्तै प्रदर्शनीका आधिकारिक चार्जिङ पार्टनर जीआई चार्जरसहित एक्सिकम, जेभपाइन्ट र एयरचार्जले आफ्ना अत्याधुनिक एसी तथा डीसी चार्जिङ प्रणालीहरु प्रदर्शन गर्नेछन्।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती भन्छन्,‘नेपालमा विद्युतीय सवारी चार्जिङ पूर्वाधारभन्दा छिटो भित्रियो। यो कुरा नलुकाउनु नै राम्रो। प्रदर्शनीले गर्न सक्ने का मभनेको गाडी, चार्जर र यी दुवैलाई वित्त उपलब्ध गराउनेहरुलाई एउटै ठाउँमा राखेर इमानदार छलफल गराउने हो।’

रोबोटले सर्वसाधारणको भीड तान्ने भए पनि भीडले प्रदर्शनीभित्र पुगेपछि नेपालको विद्युतीय सवारीसाधनतर्फको राष्ट्रिय संक्रमण र त्यसका व्यवहारिह आयामहरुलाई निजकबाट नियाल्ने मौका पाउने आयोजकको भनाइ छ।

प्रकाशित: ६ भदौ २०८३ १९:४४ | Saturday, August 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast