कुन कुन सडक छन् पूर्णरूपमा अवरुद्ध?

हिमाल प्रेस ३२ असार २०८३ ९:३६ | Thursday, July 16, 2026
4
SHARES
कुन कुन सडक छन् पूर्णरूपमा अवरुद्ध?

काठमाडौँ- वर्षापछि बाढीपहिरो जाँदा आज देशका विभिन्न ८ वटा सडक अवरुद्ध भएका छन्। त्यसैगरी ६ वटा सडकमा एकतर्फी मात्रै सवारी चलिरहेका प्रहरीले जनाएको छ। मेची राजमार्गमा पर्ने इलामको इलाम नगरपालिका- ९ राजदुवालीमा सडक अवरुद्ध हुँदा अहिले झापा(ताप्जेजुङ सडकमा गाडी चलेका छैनन्।

उक्त सडक अवरुद्ध भए पनि बैकल्पिक बाटोबाट सवारी चलेका प्रहरीले जनाएको छ।

त्यसैगरी सम्भावित बाढीको कारण बीपी राजमार्ग पनि अहिले अवरुद्ध छ। त्यसैगरी पहिरोको कारण कान्ती लोकपथ पनि अवरुद्ध छ।

सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, अर्घाखाँचीमा सालभण्डी ढोरपाटन सडक र गुल्मीमा रुद्रवेणी सडक पनि बाढीपहिरोले अवरुद्ध छ।

त्यसैगरी भोजपुरको मध्यपहाडी राजमार्ग, मकवानपुरको भिमफेदीमा कान्तिलोकपथ, कास्कीमा नयाँपुल(धान्द्रुक सडक, बागलुङमा मध्यपहाडी लोकमार्ग, गुल्मीमा कालीगण्डकी करिडोर सडकमा अहिले एकतर्फी मात्रै गाडी चलेका छन्।

प्रकाशित: ३२ असार २०८३ ९:३६ | Thursday, July 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast