कहाँ कहाँ पर्छ पानी?

हिमाल प्रेस २० असार २०८३ ६:२० | Saturday, July 4, 2026
6
SHARES
कहाँ कहाँ पर्छ पानी?

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ तथा मधेस प्रदेशमा आंशिक बादल लागेको छ ।

बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ।‌

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ, तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भूभागको थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको केही स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने, कोशी, मधेस र बागमती प्रदेशमा साधरणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, मधेस र बागमती प्रदेशका पहाडी भूभागका केही, तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित: २० असार २०८३ ६:२० | Saturday, July 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast