कति छ विदेशी मुद्राको विनिमय दर?

हिमाल प्रेस २९ असार २०८३ ५:५६ | Monday, July 13, 2026
26
SHARES
कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (सोमबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य स्थिर छ। तर, अस्ट्रेलियन डलरलगायत कतिपय मुद्रा भने महँगिएका छन्।

युरो, पाउन्डसहित केही मुद्राको मूल्य भने आज घटेको राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो।

त्यसैगरी आज युरो १ को खरिददर १७३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४३ पैसा छ। हिजो युरो १ को खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ १० पैसा र बिक्रीदर २०४ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रुपैयाँ २६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०६ रुपैयाँ १७ पैसा थियो।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ६० पैसा छ। हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो।

आज बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ७६ र बिक्रीदर ४०५ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो।

प्रकाशित: २९ असार २०८३ ५:५६ | Monday, July 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast