कांग्रेसको महाधिवेशन रोक्न सर्वोच्चले दिएन अन्तरकालीन आदेश

हिमाल प्रेस ११ भदौ २०८३ २१:२३ | Thursday, August 27, 2026
कांग्रेसको महाधिवेशन रोक्न सर्वोच्चले दिएन अन्तरकालीन आदेश सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टीको १५ औँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको छ।

न्यायाधीशहरू डा.नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले बिहीबार यस्तो आदेश दिएको हो। देउवा र खड्काले पार्टीको प्रस्तावित १५ औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

तर, सर्वोच्चको पछिल्लो आदेशसँगै संस्थापन पक्षलाई कांग्रेसको १५ औ महाधिवेशन प्रक्रिाय अगाडि बढाउन बाटो खुलेको छ।

यसअघि बुधबार सर्वोच्च अदालतले गत वैशाख ४ गते निर्वाचन आयोगको निर्णय बदर गर्नु नपर्ने ठहर गर्दै रिट खारेज गरेको थियो। संयुक्त इजलासले कुनै आदेश निर्देश नगरी निवेदन नै खारेज गरेको स्थितिमा अन्तरकालीन आदेश जारी गर्नुपर्ने अवस्था प्रथम दृष्टिमै नै नेदिएको सर्वोच्चको ठहर छ।

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा संस्थापन पक्षको माग अनुसार सर्वोच्चले दिएको निस्सापछि सुनुवाइ हुन बाँकी छ।

प्रकाशित: ११ भदौ २०८३ २१:२३ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast