कांग्रेसको महाधिवेशनको कार्यतालिका परिमार्जन गरिँदै, केन्द्रीय निर्वाचन समितिको बैठक बस्दै

हिमाल प्रेस २३ भदौ २०८३ ९:३२ | Tuesday, September 8, 2026
कांग्रेसको महाधिवेशनको कार्यतालिका परिमार्जन गरिँदै, केन्द्रीय निर्वाचन समितिको बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दै छ। हिजो र अस्ति बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गरेर जाने निर्णय गरेपछि आज निर्वाचन समितिको बैठक बस्न लागेको हो।

बैठक पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। कार्य सम्पादन समिति बैठकमा भोटेकोशी बाढीबाट सिर्जित राष्ट्रिय संकट, खोज तथा उद्धार, राहत तथा पुनस्र्थापना लगायतका बारेमा छलफल भएको थियो।

कांग्रेसले बाढीपछिको खोज, उद्धार, राहत, पुनःस्थापना, स्वास्थ्य, शिक्षा, सामाजिक–आर्थिक अवस्था, राष्ट्रिय सुरक्षा र जलवायु न्यायलगायत विषयमा अध्ययन गरी सात दिनभित्र प्रतिवेदन तयार गर्न प्रा डा गोविन्दराज पोखरेलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: २३ भदौ २०८३ ९:३२ | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast