काठमाडौँ- बिहीबार दिँउसोको वर्षाका कारण काठमाडौँका विभिन्न सडक डुबानमा परेको छ।
वर्षाका कारण काठमाडौँको माइतीघर, पुतलीसडक, धोबीखोला करिडोरलगायतका विभिन्न स्थानका सडक डुबानमा परेको हो।
वर्षाका कारण सबैभन्दा बढी व्यस्त रहने माइतीघर सडक डुबानमा परेको छ। माइतीघर क्षेत्रको पूरै सडक डुबानमा परेपछि यो क्षेत्रको यातायात अस्तव्यस्त बनेको थियो।
सडक डुबानमा परेपछि यातायात आवागमन र पैदलयात्रीलाई यात्रा गर्न समस्या भएको थियो। काठमाडौँका केही स्थानमा केहीबेरको वर्षाले पनि सडक डुबान हुने गरेको छ।




प्रकाशित: ३२ असार २०८३ १७:४० | Thursday, July 16, 2026
प्रतिक्रिया


