काठमाडौँ- वर्षासँगै बाढीपहिरो जाँदा देशका विभिन्न स्थानका पाँच ठाउँमा प्रमुख राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका हुन्।
इलाममा मेची राजमार्ग, सिन्धुली र काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, बागलुङमा कालीगण्डकी करिडोर र दार्चुलामा महाकाली राजमार्ग बाढी र पहिरोले अवरुद्ध भएका हुन्।
प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको जनाएको छ। यात्रा अघि सम्बन्धित निकायको पछिल्लो सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न पनि प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित: ५ साउन २०८३ ७:५६ | Tuesday, July 21, 2026
प्रतिक्रिया

