काठमाडौँ- प्रतिनिधिसभा बैठकमा शंकास्पद गाडी तेर्साएर गरिएको अवरोध प्रयासको विषय उठेको छ । मंगलबारको बैठकमा बोल्दै एमाले सांसद गणेश सिंह ठगुन्नाले मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको निवास तथा कार्यालय अगाडि मानसिक त्रास फैलाउने कार्य भएको भन्दै विरोध गरे ।
हेर्दा यो साङ्केतिक रूपमा सानो घटना भए पनि यसको संकेत पञ्चायतकालीन मण्डलेतन्त्रले फैसलाको राज्य आतंकको सुरुवातको झझल्को जस्तै महसुस उनले बताए । सरकारले उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने बताए ।
प्रकाशित: ३० असार २०८३ ११:४४ | Tuesday, July 14, 2026
प्रतिक्रिया



