त्रिशूलीमा खसेको गाडीका बेपत्ता चालकको पहिचान खुल्यो

हिमाल प्रेस १० साउन २०८३ १०:०९ | Sunday, July 26, 2026
8
SHARES
त्रिशूलीमा खसेको गाडीका बेपत्ता चालकको पहिचान खुल्यो

काठमाडौँ-  रसुवाको गोसाइँकुण्डबाट शनिबार साँझ त्रिशूली नदीमा खसेको गाडीको बेपत्ता चालकको पहिचान खुलेको छ। उक्त गाडीका चालक रसुवाकै कालिका गाउँपालिका–३ घर भएका २२ वर्षीय सबिन तामाङ रहेका प्रहरीले जनाएको छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५ चिलिमे पुलस्थित पासाङल्हामु सडकमा गुडिरहेको अवस्थामा ईभी गाडी त्रिशूली नदीमा खसेको हो।

स्याफ्रुबेँसीबाट धुन्चेतर्फ जाँदै गरेको भ्यान शनिबार साँझ पौने ६ बजेतिर सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। नदीमा खसेको गाडीमा चालक मात्रै सवार थिए।

नदीमा बेपत्ता गाडी र चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० साउन २०८३ १०:०९ | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast