नेकपा एमालेको केन्द्रीय कार्यालय।
काठमाडौँ- नेकपा (एमाले) ले वर्तमान सरकार मुलुकको आर्थिक संकट समाधान गर्न अग्रसर हुनुपर्नेमा जोड दिएको छ।
एमाले महासचिव शंकर पोखरेलले सरकारको १०० दिन : वाचा र यथार्थको समीक्षासहित जारी गरेको विज्ञप्तिमा मुलुकको आर्थिक संकट समाधान गर्न र विधिको शासन कायम गर्न अग्रसर हुनुपर्नेमा जोड दिएका हुन्।
एमालेले संविधान संशोधनका विषयमा राजनीतिक दलसँग परामर्श समेत गर्नुपर्नेमा जोड दिएको छ।
‘संविधान कुनै सरकारको क्षणिक राजनीतिक सुविधा वा सत्ता–सन्तुलन मिलाउने साधन नभई जनताको ऐतिहासिक संघर्ष, बलिदान र सार्वभौम जनादेशको दस्तावेज रहेकाले राजनीतिक दलसँगको सहमतिमा संविधान संशोधन गर्नु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा निर्वाचनमा घोषणा गरेको वाचापत्रअनुसार सरकार सञ्चालन गर्नुपर्ने बताएको छ।




