रोशीमा वर्षा, बीपी राजमार्ग अवरुद्ध

हिमाल प्रेस २९ असार २०८३ १३:३१ | Monday, July 13, 2026
22
SHARES
रोशीमा वर्षा, बीपी राजमार्ग अवरुद्ध फाइल तस्बिर

काठमाडौँ– काभ्रेपलान्चोकको रोशी खोला जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि रोकिएको (होल्ड गरिएको) छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकले सोमबार दिउँसो १२ः ३३ बजे एक सूचना जारी गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरी सवारी आवागमन ‘होल्ड’ गरिएको जनाएको हो । रोशी खोला क्षेत्रमा पानी परिरहेकाले नदीमा बहाव बढ्न सक्ने र राजमार्गमा जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षा सतर्कता अपनाइएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सडक मार्गमा थप कुनै अवरोध नभएको अवस्थामा आवश्यक जाँचबुझ गरी चाँडै अर्को सूचनामार्फत बाटो सुचारु भएको जानकारी गराइनेछ ।

यात्रामा निस्किनुअघि सडकको अवस्था र थप जानकारी बुझ्नका लागि नेपाल प्रहरीको हटलाइन नम्बर १०० वा ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले यात्रुहरूलाई अनुरोध गरेको छ ।

प्रकाशित: २९ असार २०८३ १३:३१ | Monday, July 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast