काठमाडौँ- नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट व्यक्ति-व्यक्तिबीच हुने ऋण कारोबार (पियर-टु-पियर लेन्डिङ) लाई व्यवस्थित बनाउन व्यक्तिगत क्रेडिट रेटिङमा आधारित प्रणालीको सम्भाव्यता अध्ययन गर्ने भएको छ।
आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा व्यक्तिगत रेटिङमा आधारित पियर-टु-पियर लेन्डिङको सम्भाव्यता, नियामकीय ढाँचा तथा कार्यान्वयनका विभिन्न पक्षबारे अध्ययन गरिने उल्लेख गरिएको छ।
राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने व्यक्ति-व्यक्तिबीचको ऋण कारोबारलाई थप सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले यो अध्ययन अघि बढाउन लागेको हो।
प्रकाशित: २३ असार २०८३ १६:५२ | Tuesday, July 7, 2026
प्रतिक्रिया




