त्रिशूली खस्यो यात्रुवाहक भ्यान, चालक बेपत्ता

हिमाल प्रेस १० साउन २०८३ ६:२० | Sunday, July 26, 2026
12
SHARES
त्रिशूली खस्यो यात्रुवाहक भ्यान, चालक बेपत्ता

काठमाडौँ- रसुवास्थित त्रिशूली नदीमा यात्रुवाहक भ्यान खसेको छ। उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५ चिलिमे पुलस्थित पासाङल्हामु सडकखण्डमा ईभी त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका हुन्।

शनिवार साँझ करिब १७:४० बजे स्याफ्रुबेँसीबाट धुन्चेतर्फ आउँदै गरेको ‘अन टेस्ट’ भ्यान सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो।

दुर्घटनामा परेको गाडीका चालकको नाम, थर र ठेगाना खुल्न नसकेको र गाडीमा अन्य व्यक्ति थिए वा थिएनन् भन्ने तथा मानवीय क्षतिको यकिन विवरणसमेत प्राप्त हुन सकेको छैन।

बेपत्ता चालक तथा नदीमा खसेको ईभी गाडीको खोजी तथा उद्धार कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १० साउन २०८३ ६:२० | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast